२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री केकी अधिकारीको भ्रष्टाचारविरुद्ध प्रतिज्ञा



अ+ अ-

काठमाडौँ । अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध दृढ प्रतिज्ञा व्यक्त गरेकी छन् ।

उनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै “भ्रष्टाचार र भ्रष्टाचारीलाई समाजमा स्थान नदिने” प्रतिज्ञा गर्न सबैलाई आह्वान गरेकी हुन् ।

उनले लेखेकी छन्, “आउनुस्, आज एउटा सपथ हामी पनि लिऔं आफैंसँग, भ्रष्टाचार विरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरूले लडे, आज एउटा सपथ लिऔं – घुस लिने र दिने छैनौं, भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाउँ दिने छैनौं, यो त्याग र बलिदान खेर जान दिने छैनौं ।”

केकी अधिकारीको पोस्टमा धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

नेपाली चलचित्रमा अभिनयसँगै सामाजिक विषयमा पनि सक्रिय रहने अधिकारीले यसअघि लैङ्गिक हिंसा, वातावरण संरक्षण र पारदर्शी शासनका पक्षमा पनि आवाज उठाउँदै आएकी छिन् ।