१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बन्ने चर्चापछि रुइतले भने–बिरामीलाई छाडेर आउँदिनँ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले सहयोग गर्न डा रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । उनले भने ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, बिरामीलाई छोडेर आउँदिनँ ।’