२२ भाद्र २०८३, सोमबार
,
Latest
दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह



अ+ अ-

काठमाडाैँ ।  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले माटो सुधारलाई कृषि क्षेत्रको आधारका रूपमा लिएर स्थानीय स्रोतबाट उत्पादन हुने गोठे तथा प्राङ्गारिक मलको प्रयोग बढाउन किसानलाई आग्रह गर्नुभएको छ ।

धनुषा जिल्लाको कृषि क्षेत्रको अवलोकन तथा किसानसँग भेटघाटका क्रममा मन्त्री चौधरीले किसानको घरदैलोमै पुगेर माटो सुधारको विषयलाई प्राथमिकताका साथ उठाउनुभएको हो । उहाँले रासायनिक मलमाथिको निर्भरता घटाउँदै दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति कायम राख्न प्राङ्गारिक मलको प्रयोग आवश्यक रहेको बताउनुभयो ।

“माटो सुधार नै कृषि सुधारको आधार हो । स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु,” मन्त्री चौधरीले भन्नुभयो, “यसले रासायनिक मलमाथिको निर्भरता घटाउँदै माटोको सुधारमा समेत सहयोग पुर्‍याउँछ ।”

अवलोकनका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टरको निरीक्षण गर्नुभयो । केन्द्रमार्फत किसानलाई आधुनिक कृषि उपकरण सहुलियत दरमा भाडामा उपलब्ध गराउँदै आएको जनाइएको छ । मन्त्री चौधरीले केन्द्रको गतिविधिको अवलोकन गर्दै किसानलाई हौसला प्रदान गर्नुभएको थियो ।

त्यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालिको समेत अवलोकन गर्नुभयो । कम्पनीले व्यावसायिक माछापालनसँगै माछाका भुरा, दाना तथा आवश्यक औषधि उपलब्ध गराउँदै स्थानीय मत्स्य व्यवसायलाई सहयोग पुर्‍याउँदै आएको जनाएको छ ।

मन्त्री चौधरीले धनुषाको चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गर्नुभयो । जिल्लाको कृषि क्षेत्रको सम्भावना, किसानका समस्या तथा उत्पादन वृद्धि र माटो सुधारका विषयमा स्थलगत जानकारी लिन उहाँले विभिन्न कृषि क्षेत्रको निरीक्षण गर्नुभएको हो ।