काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन् ।
मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले सहयोग गर्न डा रुइतसँग आग्रह गरेकी थिइन् ।
जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।
छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए । उनले भने ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, बिरामीलाई छोडेर आउँदिनँ ।’










