२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जीको आन्दोलनमा एक हजारभन्दा बढी सवारीसाधन नष्ट



अ+ अ-

काठमाडौं । जेन–जी समूहले भदौ २३ र २४ गते गरेको प्रदर्शनका क्रममा एक हजारभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।

यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन । सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्रले गरेको स्थलगत अवलोकनका आधारमा यो प्रारम्भिक सङ्ख्या निकालिएको हो । यसको विस्तृत विवरण सँगैको तालिकामा दिइएको छ ।

यसभन्दा पनि बढी क्षतिको अनुमान छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन् । सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ ।

सबैभन्दा धेरै ६५ वटा चारपाङ्ग्रे सवारीसाधन सडक विभागका नष्ट भएका छन् । विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाइएको छ ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताउनुभयो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन् ।

यी निकायमा पार्किङ गरिएका निजी सवारीसाधन पनि नष्ट भएका छन् तर तिनको विवरण आएको छैन । जेनजी आन्दोलन सुरु भएपछि मन्त्रालयका सवारीसाधन निजी घरमा नराखी सिंहदरबार परिसरमा नै पार्किङ गर्न निर्देशन दिइएको थियो । सुरक्षाका दृष्टिले सिंहदरबार सुरक्षित मानिएर त्यस्तो भनिएको भए पनि त्यही परिसर नै तोडफोड र आगजनी भएपछि अकल्पनीय क्षति भएको हो ।

(गोरखापत्रमा आज प्रकाशित समाचारअनुसार)