१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली पूर्वराष्ट्रपतिको वक्तव्य-परराष्ट्रमन्त्री माथिको कुटपिट महिला अधिकारको हनन्



अ+ अ-

काठमाडौं । नेपालमा हालैको जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति श्रीलंकाली पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे दु:ख व्यक्त गरेका छन् । हिजो एक विज्ञप्ति प्रकाशन गर्दै उनले यो आन्दोलनपछि बनेको सरकारले देशलाई शान्ति र स्थायित्वामा लैजाओस भनी कामना पनि गरेका छन् ।

उनले शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरुका घर जलाइएका घटनालाई निकै दु:खद भनेका छन् । त्यस्तै पूर्वराष्ट्रपति विक्रमसिंघेले विशेषगरी परराष्ट्र मन्त्री डा आरजु राणामाथि भएको कुटपिट र आक्रमणको निन्दा गर्दै यस्ता व्यवहारले महिलाको अधिकार गम्भीर रूपमा उल्लंघन भएको पनि बताएका छन् ।

उनले आन्दोलनका क्रममा एकजना महिलामाथि पुरुषहरुबाट भएको त्यस प्रकारको कुटपिटले नेपालमा महिला अधिकारको अवस्था देखाएको र यसबाट नेपालको छविमाथि ठूलो दाग लगाएको पनि बताएका छन् ।

उनले प्रहरीले पहिलो दिनमा गोली चलाउने र दोस्रो दिनमा आफ्नै राष्ट्रिय सम्पत्तिमाथ आगो लगाउनेजस्तो यस हदसम्म जानु हुँदैनथ्यो भन्दै सबैले दक्षिण एशियाली परम्पराअनुसार दैनिक राजनीतिमा मात्र केन्द्रित भई गम्भीर समस्याको समाधान नखोज्दा यस्तो अवस्था आउने गरेको पनि बताएका छन् ।

संसद र अदालत भवनहरू देशका लोकतान्त्रिक संस्थाका प्रतीक भएकाले संसद र अदालत जलाउनु भनेको नेपालको लोकतन्त्रप्रति ठूलो अपमान गर्नु भएको सो विज्ञप्तिमा भनेका छन् ।

उनले सत्ता हातमा लिएको सेनाको जिम्मेवारी भनेको देशमा शान्ति कायम गर्नु र संविधानअनुसार निर्वाचन गराउनु रहेको पनि उनले बताएका छन्