काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ६–० गोलले हराएको हो । घरेलु मैदानमा टोलिलाई जित दिलाउन फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्की तिनै खेलाडीले २–२ गोल गरे । लोपेजले २९ र ५६ औं मिनेटमा तथा राफिन्हाले ५३ औं र ६६ तथा लेवान्डोस्कीले ७६ र ८६ औं मिनेटमा गोल गरे ।
जितसँगै बार्सिलोना ४ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने भ्यालेन्सिया ४ अंंकका साथ १५ औं स्थानमा छ ।










