३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ६–० गोलले हराएको हो । घरेलु मैदानमा टोलिलाई जित दिलाउन फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्की तिनै खेलाडीले २–२ गोल गरे । लोपेजले २९ र ५६ औं मिनेटमा तथा राफिन्हाले ५३ औं र ६६ तथा लेवान्डोस्कीले ७६ र ८६ औं मिनेटमा गोल गरे ।

जितसँगै बार्सिलोना ४ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने भ्यालेन्सिया ४ अंंकका साथ १५ औं स्थानमा छ ।