४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमान-श्रीमती कसरी सुत्ने ? हेर्नुहोस् यसो भन्छ वास्तुशास्त्र !



अ+ अ-

काठमाडौं । वास्तुशास्त्रका अनुसार दम्पतीबिचको सम्बन्ध प्रगाढ नहुनुको कारण वास्तुदोष भएको बताएको छ। जसको कारण दम्पतीबिचमा मात्र नभएर परिवार, समाज र आफन्तहरुबिचमा पनि सम्बन्ध राम्रो हुन सक्दैन् । शास्त्रमा उल्लेख भएअनुसार सुत्ने कोठाको बारेमा केहि नियमको पालना गरेमा यस्ता समस्या हल भएर जाने बताइएको छ । सबै दम्पतीको चाहना आफू र आफ्नो परिवारमा कुनै पनि किसिमको समस्या सिर्जना नहोस् भन्ने हुन्छ, यसको लागी वास्तुशास्त्रमा ध्यान केन्द्रित गरी यसरी अघि बढ्नुहोस् ।

१.बेडरुम: वास्तुशास्त्रको अनुसार सम्बन्ध राम्रो बनाउनको लागी बेडरुम दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्दछ । यदि तपाईको उक्त दिशामा बेडरुम छैन् भने यहि कारणले पनि सम्बन्ध बिग्रिएको हुनसक्दछ । त्यसैले यसतर्फ ध्यान दिनुहोस्, तर भुलेर पनि उत्तर पूर्व वा दक्षिण पूर्व दिशामा रहेको कोठोलाई भने बेडरुम नबनाउनु होला ।

२.सुत्ने दिशा: कोठा छनोट गरेसगैं कुन दिशामा फर्केर सुत्ने भन्ने पनि एक महत्वपूर्ण कुरा हो । विवाहित जोडिहरुले जहिले पनि दक्षिण तर्फ टाउँको देखाएर सुत्नुपर्दछ, किनकि दक्षिणतर्फ टाउँको देखाई सुत्नाले यसतर्फबाट सकारात्मक चुम्बकीय उर्जा पाइन्छ, जसकोबाट निन्दा, उर्जा, रक्तसञ्चारमा कुनैपनि किसिमको असर पुग्दैन् ।

३.ऐना: बेडरुमको ठिक अगाडी वास्तुशास्त्रमा ऐना राख्न नहुने कुरा बताइएको छ । यदि सुत्ने कोठाको बेडको अगाडी ऐना छ भने प्रतिबिम्ब देखिने कारणले यसले असर गर्दछ । जसको कारण दम्पतीमा धेरैने समस्या उत्पन्न हुनसक्ने कारण भुलेपनि यस्तो ठाउँमा ऐना राख्नुहुदैन् ।

४.कस्तो बेड: वास्तु शास्त्रको अनुसार सुत्ने बेड कहिले पनि मेटल वा फलामबाट बनेको हुनु हदैन् । यदि यस्तो बेडमा सुतेमा दम्पती बिच तनाव सिर्जना हुनसक्छ अत तनाव कम र्नको लागी काठको बेडको प्रयोग गर्नुपर्दछ, जुन सहि आकारको हुन पनि जरुरी छ ।

५.सुत्ने कोठाको रंग:
कोठाको रंगले पनि दम्पतीमा असर गर्ने कुरा वास्तु शास्त्रले बताएको छ । बेडरुममा सधैं हल्का रंगको प्रयोग गर्नुहोस् । जस्तैःहल्का निलो, हरियो वा गुलाबी रंग ।

६. कुन साइडमा सुत्ने: दम्पती आफू जता मनलाग्यो त्यतै साइडमा सल्लाह गरेर सुत्ने गर्दछन् । तर वास्तुशास्त्रको अनुसार श्रीमती जहिले पनि बायाँ साइडमा सुत्ने गर्नुपर्दछ भने श्रीमान् दाया साइडमा सुत्नुपर्दछ । यसले दुईजनाको सम्बन्धलाई समुधुर बनाउँछ ।

७.डस्ना: अंधिकाश दम्पतीको दुईवटा डस्नाको प्रयोग गर्ने बानी हुन्छ, शास्त्रमा एउटा बेडमा एउटा मात्र डस्ना प्रयोग गर्नुपर्ने बताइएको छ । यसो गर्नाले विवाहित जोडिमा सकारात्मक उर्जा ल्याई सम्बन्ध प्रगाढ बनाइदिन्छ ।