काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले नटिङहम फरेस्टलाई ३–० गोलले हराएको हो ।
घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन जुबिमेन्डीले दुई तथा भिक्टर ग्योकेरेसले एक गोल गरे ।
खेलको ३२ औं मिनेटमा आर्सनलले जुबिमेन्डीको गोलबाट अग्रता लिएको थियो । उनले डि–बक्स बाहिरबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।
४६ औं मिनेटमा ग्योकेरेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यस्तै, ७९ औं मिनेटमा जुबिमेन्डीले हेडरमार्फत व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गर्दै ३–० ले जित दिलाए ।
जितसँगै आर्सनल अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ९ अंक छ । नटिङहम भने ४ अंकका साथ ११ औं स्थानमा छ ।










