३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर परिवर्तनको ढोका खोल्न सफल भए: कमल थापा



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका थियौं। विभिन्न कारणले गर्दा हामी सफल हुन नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको निम्ति विगत एक दशकदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका थियौं। विभिन्न कारणले गर्दा हामी सफल हुन सकेनौँ।अहिले ‘जेन-जी’ युवा पुस्ताले भ्रष्टाचारमा लिप्त शासन ढालेर ऐतिहासिक परिवर्तनको ढोका खोल्न सफल भएका छन् ‌। युवा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद र बधाई पनि दिन चाहन्छु।
यद्यपि यो अवस्थासम्म आइपुग्न नेपाली जनताले धेरै ठूलो जनधनको क्षति व्यहोर्नु पर्यो।अहिले पनि आन्दोलनको दौरान सहादत प्राप्त गरेका परिवारको आँसु सुकिसकेको छैन।महत्वपूर्ण राष्ट्रिय संरचना र सम्पदाहरूमा लागेको आगो निभिसकेको छैन।परिस्थिति अझै विषम, जटिल र तरल रहेको छ। यो अवस्थामा संयम, संवाद र एकता आवश्यक पर्दछ।
भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै सुन्दर, सबल र समृद्ध नेपाल निर्माण गर्ने फेरि एउटा ऐतिहासिक अवसर हाम्रो सामुन्ने आएको छ। विगतका कमी कमजोरीहरुबाट पाठ सिकेर सबै राजनीतिक विचार, शक्ति र संस्थाहरु अटाउन सक्ने संरचनागत आधार र वातावरण तयार गर्न सक्यौ भने मात्र युवाहरुले परिकल्पना गरेको लक्ष्य प्राप्त हुन सक्दछ ‌। प्रजातन्त्रको मूल आधारलाई छोडेर वा निषेधको राजनीतिमा अल्मलिएर पूर्वाग्रहबाट मुक्त हुन सकेनौ भने यो ऐतिहासिक अवसर पनि गुम्न सक्दछ। यो ऐतिहासिक र संवेदनशील क्षणमा विगतमा किन असफल भयौं भन्ने बारे निष्पक्ष र इमान्दार समीक्षा गर्न युवाहरूमा म आग्रह गर्दछु।
युवाहरू अनुभवहिन छन्, राज्य सञ्चालनको ज्ञान छैन भन्ने भ्रम छर्दै आफ्नो निहित स्वार्थ र दुनो सोझ्याउन चाहनेहरूबाट युवाहरू सतर्क हुनुपर्दछ। हामी सक्दैनौँ भन्ने हिनताबाट मुक्त हुन म युवाहरूमा अपिल गर्दछु।संसारको इतिहासलाई हेर्ने हो भने २५/३० वर्षका युवाहरुले नै ऐतिहासिक परिवर्तनको नेतृत्व गरेका थुप्रै उदाहरणहरू छन्। अहिले चर्चामा रहेका कुनै पनि व्यक्तिहरूबाट जेन्जी युवा पुस्ताले सोचेको परिवर्तन सम्भव छैन। युवाहरूले आवश्यक ठानेमा अनुभव र ज्ञान भएका प्रौढहरूलाई सल्लाहकारको भूमिकामा राख्नु उपयुक्त हुनेछ।
विगतमा ‘कम्बल ओडेर घिउ खाने’ प्रवृत्ति बोकेकाहरूबाट युवाहरु विशेष रूपले सतर्क हुनुपर्दछ।
यस्तो तरल अवस्थामा देशी विदेशी शक्ति र स्वार्थ समूहले फाइदा उठाउन खोजिरहेका हुन्छन्। धमिलो पानीमा माछा मार्ने प्रवृति सधैँ देखिने गरेको छ।भ्रष्ट र अपराधीहरूले कानुनको कठघरामा उभिनै पर्दछ। सरकार विहिनताको अवधि जति लम्बिँदै जान्छ त्यति नै परिस्थिति जटिल बन्दै जानेछ।
म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु-युवाहरुले नै वर्तमान अवस्थाको नेतृत्व लिनुपर्दछ। निषेधको राजनीति त्यागेर सनातन धर्म संस्कृतिको रक्षा गर्दै सबै नेपाली अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्नु पर्दछ, प्रजातन्त्रको बाटो छोड्नु हुँदैन ।