२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।

यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ४० पैसा र बिक्रीदर १९१ रूपैयाँ २२ पैसा, स्विस फ््रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ३० पैसा र बिक्रीदर १७७ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११० रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १९ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ४३ पैसा र बिक्रीदर चार रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ४८ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १५ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०४ पैसा र बिक्रीदर २२ रूपैयाँ १४ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९२ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।