१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले जनाए सुशिला कार्कीलाई समर्थन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् ।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । स्रोतका अनुसार सो प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।

जेनजीको भर्चुअल बैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको थियो ।

५ हजारभन्दा बढी सहभागी बैठकमा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय भएपनि उनी सम्पर्कमा नआएपछि अरु नामहरुमाथि छलफल गरिएको थियो ।

जसअनुरुप सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा रहेको छ । कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेको स्रोत बताउँछ ।

यस्तै, कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ, र्‍यान्डम नेपाली नामक युट्यूवरलाई पनि कुरा चलेको थियो ।