५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले जनाए सुशिला कार्कीलाई समर्थन



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् ।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । स्रोतका अनुसार सो प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् ।

जेनजीको भर्चुअल बैठकमा भावि प्रधानमन्त्रीबारे गम्भीर छलफल गरिएको थियो ।

५ हजारभन्दा बढी सहभागी बैठकमा सबैभन्दा बढी समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह जेनजी पुस्तामा सबैभन्दा बढी लोकप्रिय भएपनि उनी सम्पर्कमा नआएपछि अरु नामहरुमाथि छलफल गरिएको थियो ।

जसअनुरुप सबैभन्दा धेरै समर्थन सुशीला कार्कीको नाममा रहेको छ । कार्कीलाई यसअघि नै जेनजीको तर्फबाट प्रधानमन्त्रीको अफर गरिएको थियो । उनले एक हजार जनाको लिखित हस्ताक्षर चाहिने माग गरेको स्रोत बताउँछ ।

यस्तै, कुलमान घिसिङ, सागर ढकाल, हर्क सामपाङ, र्‍यान्डम नेपाली नामक युट्यूवरलाई पनि कुरा चलेको थियो ।




भर्खरै