२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपुर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयोः पदम गिरी



अ+ अ-

काठमाडौं, भदौ २४ – नेकपा (एमाले)का युवानेता पदम गिरीले भदौ २३ गते भएको जेनजी आन्दोलनमा हिंसात्मक मोड आएकोप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर त्यसलाई भड्काउने काम भएको उल्लेख गरेका छन् । साथै, आन्दोलनमा सहभागी किशोरको मृत्युले सिंगो राष्ट्रलाई पीडित बनाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेता गिरीले आन्दोलनमा विदेशी शक्तिको हस्तक्षेप, अपराधीहरूको स्वार्थ, र राज्यका सुरक्षा निकायको असंवेदनशीलता र निष्क्रियताप्रति पनि आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिएकै दिन विभिन्न सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनालाई गम्भीर र लोकतन्त्रका लागि घातक भन्दै उनले सबैतिर संयम र शान्तिको आग्रह गरेका छन् ।

साथै, उनले आन्दोलनमा घाइते भएकाहरूको निशुल्क उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।