२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपुर्ण आन्दोलनमा स्वार्थी समूहको घुसपैठ गराएर आन्दोलनलाई भड्काउने काम भयोः पदम गिरी



अ+ अ-

काठमाडौं, भदौ २४ – नेकपा (एमाले)का युवानेता पदम गिरीले भदौ २३ गते भएको जेनजी आन्दोलनमा हिंसात्मक मोड आएकोप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर त्यसलाई भड्काउने काम भएको उल्लेख गरेका छन् । साथै, आन्दोलनमा सहभागी किशोरको मृत्युले सिंगो राष्ट्रलाई पीडित बनाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेता गिरीले आन्दोलनमा विदेशी शक्तिको हस्तक्षेप, अपराधीहरूको स्वार्थ, र राज्यका सुरक्षा निकायको असंवेदनशीलता र निष्क्रियताप्रति पनि आलोचना गरेका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिएकै दिन विभिन्न सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको घटनालाई गम्भीर र लोकतन्त्रका लागि घातक भन्दै उनले सबैतिर संयम र शान्तिको आग्रह गरेका छन् ।

साथै, उनले आन्दोलनमा घाइते भएकाहरूको निशुल्क उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।