काठमाडौं । हिमालय एयरलाईन्सले हालै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्स सम्बन्धी प्रसारित भइरहेको समाचारहरू पूर्णत: असत्य तथा भ्रामक रहेको जनाएको छ ।
आज एक प्रेस बिज्ञप्ति जारी गर्दे एयरलाईन्सले दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान भएको जनाएको छ । प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैननभएको भन्दै एयरलाईन्सले यसप्रकारका अपुष्ट जानकारीमा विश्वास नगर्नुहुन तथा प्रचार–प्रसार नगर्नुहुन सबैलाई विनम्र अनुरोध गरेको छ ।
एयरलाईन्सले भनेको छ-
राज्यलाई परिआएको खण्डमा जस्तो सुकै सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिलै पनि बिमुख हुदैन । विगतमा पनि हिमालय एयरलाइन्सले कोभिड १९ को समयमा उद्धार उडानमा आफ्नो दायित्व निर्बाह गर्दै आएको छ ।
केही अनलाईन पोर्टलले स्रोतको हौवा दिएर प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमा दुबै उड्ने तयारी भन्ने समाचारप्रति हिमालय एयरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न एयरलाईन्स सबैमा हार्दिक अनुरोध गर्दछ । साथै हिमालय एयरलाइन्स यात्रुको सेवामा सधै जिम्मेवार र बफदार भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछ ।










