२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले त्यागिन् करिश्माले



अ+ अ-

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् ।

फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको भन्दै एमाले त्याग गरेको घोषणा गरेकी हुन् ।

उनी लेख्छिन्-

मानव भएर जन्मिएको नाताले,

मानवता नै मेरो पहिलो प्राथमिकता हो ।

न्याय मेरो पहिलो प्राथमिकता हो ।

आगामी सन्ततिप्रति जिम्मेवारी मेरो पहिलो प्राथमिकता हो ।

र, आफ्नै अन्तरात्माको आवाज सुन्ने सामर्थ्य मेरो पहिलो प्राथमिकता हो ।

अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितका लागि मात्र थियो । तर आजदेखि म कुनै पनि राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।

म जनता कै कलाकार थिएँ, जनता कै आवाज थिएँ, र आगामी दिनहरूमा पनि त्यही रूपमै रहिरहन चाहन्छु ।