२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली भएकोमा यति लाज कहिल्यै लागेको थिएन राजेश हमाल



अ+ अ-

काठमाडौं । नायक राजेश हमालले ‘जेन जी’ पुस्ताको आन्दोलनमा सरकारले गरेको दमन र युवाहरूको मृत्युपछि नेपाली हुनुमा आफूलाई लाज महसुस भएको जनाएका छन् ।

सरकारले प्रतिबन्ध लगाएको फेसबुकमा सोमबार एक स्टाटस लेख्दै उनले देशले युवाहरूको वर्तमान खोसेको भन्दै दु:ख र आक्रोश व्यक्त गरेका छन् ।

विदेश यात्रामा रहेका हमालले लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं। म विदेश यात्रा गर्दैछु। नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइन्।’