४ श्रावण २०८३, सोमबार
,
Latest
पुँजी बजारलाई सरकारको उच्च प्राथमिकता, सुधारमा तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी पुस्ताको प्रदर्शनमा तीनजना पत्रकार घाइते



अ+ अ-

काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा तीनजना फोटो पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की घाइते भएका हुन् ।

उनीहरूको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

गोलीको छर्रा लागेर पत्रकार ढुंगाना र कार्की घाइते भएका हुन् । पत्रकार श्रेष्ठको पाखुरामा रबरको गोली लागेको छ । अस्पताल स्रोतका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैबीच गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । ७० भन्दा बढी घाइते भएका छन् ।