२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमकमा खैरो हेरोइनसहित एक पक्राउ



अ+ अ-

काठमाडौं । दमक नगरपालिका–१ हवल्दार चोकस्थित टपरी होटलबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ पूर्णकुमार राईलाई होटलभित्र लागुऔषध खैरो हेरोइनको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा पुगेर खाजा खाइरहेका राईको खानतलासी लिँदा हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद गरिएको पदार्थको तौल प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम रहेकोे छ । प्रहरीले उक्त परिणामको लागुऔषधसहित मे १० प ३९७० नम्बरको मोटरसाइकल तथा अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका राईमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।