१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन



अ+ अ-

काठमाडौं । सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भइसकेपछि विद्यमान सार्वजनिक बिदाको संख्या र आवश्यकताको पुनरावलोकन गर्ने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

मुख्यसचिवद्वारा सचिव बैठकपछि जारी विज्ञप्तिअनुसार कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।

कार्यदललाई हाल कायम रहेका सार्वजनिक बिदाको औचित्य, प्रभाव र आवश्यकताबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। तयार भएको प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सरकारले दुईदिने साप्ताहिक बिदा कार्यान्वयनपछि सेवा प्रवाह, सरकारी कामकाजको प्रभावकारिता तथा सार्वजनिक बिदाको व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आवश्यक ठानेर यो अध्ययन प्रक्रिया अघि बढाएको जनाएको छ।

कार्यदलको सिफारिसका आधारमा सार्वजनिक बिदासम्बन्धी व्यवस्थामा आवश्यक परिमार्जन गरिने अपेक्षा गरिएको छ।