१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
अ अ+ अ-

काठमाडौं । गत आर्थिक वर्ष २०८२÷८३ मा हात्ती, गौँडा र बाघलगायतका जङ्गली जनावारको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार तीन जनाको गैंडाको आक्रमणका कारण मृत्यु भएको हो । सोही अवधिमा दुई जनाको हात्ती र एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृतकमध्ये तीन जना भरतपुर महानगरपालिका, एक जना खैरहनी र एक जना माडी नगरपािलकाका रहेको निकुञ्जले जनाएको छ । अघिल्लो आव २०८१÷८२ मा १३ जना र आर्थिक वर्ष २०८०÷८१ मा ११ जनाको जङ्गली जनावारको आक्रमणबाट मृत्यु भएको थियो ।

निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्ला पर्दछ । मध्यवर्तीको ठूलो भूभाग चितवनमा पर्ने भएकाले बढी जोखिम यहाँकै बासिन्दा पर्ने गरेको तथ्याङ्कले देखाएको छ ।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति रु १० लाख राहत उपलव्ध गराउँदै आएको छ ।रासस