१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा जेनजीको प्रदर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा अर्थात् जेन जीहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा स्वतः स्फूर्तरुपमा भेला भएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवा कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । सत्तामा रहेर मनपरी गर्नेहरुविरुद्ध जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिएको हो ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने घोषणा गरेको थियो ।

विगत केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।