९ भाद्र २०८३, मंगलवार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु



अ+ अ-

काठमाडाैँ । धनगढीमा अनशनरत डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ। शनिबार धनगढी पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयको टोलीले आइतबार डा. केसी पक्षसँग वार्ता सुरु गरेको हो।

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल सहभागी छन्। साथै, रास्वपा सांसद पुकार बम पनि सरकारी वार्ता टोलीमा सहभागी छन्।

डा. केसीका सहयोगी अमृत जैसीका अनुसार अहिले दुवै पक्षबीच वार्ता जारी छ। केसी पक्षबाट जैसीसहित अर्का एक जना वार्तामा सहभागी छन्।

डा. केसीले उठाएका माग सम्बोधन गर्ने विषयमा सहमति जुटाउने उद्देश्यले सरकार र केसी पक्षबीच छलफल भइरहेको हो।