२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटरबाट अभिनेता बने एमएस धोनी



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलिका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धोनी अब अभिनयको दुनियाँमा आफ्नो नयाँ ईनिङ सुरु गर्न लागेका छन् । चाँडै उनी अभिनेता आर. माधवनसँगै ‘द चेज’ मा देखिने भएका छन् ।

रविवार आर. माधवनले यसको टिजर शेयर गरेका छन् । यसमा धोनी र माधवन कालो पोशाक र सनग्लासेस लगाएर हातमा बन्दुक बोकेर तिब्र गोली चलाउँदै गरेको दृश्य देख्न सकिन्छ ।

यो फिल्म हो वा वेब सिरिज, टिजरमा स्पष्ट गरिएको छैन । यसलाई वासन बालाले निर्देशन गरेका छन् । वासनले पहिले आलिया भट्टको फिल्म ‘जिगरा’ पनि निर्देशन गरेका थिए । हालै माधवन फिल्म ‘आप जैसा कोई’ मा देखिएका थिए भने उनी चाँडै फिल्म ‘धुरन्धर’ मा पनि देखिने छन्, जुन ५ डिसेम्बरमा रिलिज हुँदैछ ।

धोनीको जीवनमा आधारित फिल्म पहिले पनि बनेको छ
धोनीको जीवनमा आधारित फिल्म ‘एम.एस. धोनीः द अनटोल्ड स्टोरी’ पहिले नै बनेको छ । यो २०१६ मा रिलिज भएको थियो । फिल्ममा सुशांत सिंह राजपूत धोनीको भूमिकामा देखिएका थिए ।

यसबाहेक दिशा पटानी, कियारा आडवाणी, अनुपम खेर र भूमिका चावला जस्ता कलाकारले महत्वपूर्ण भूमिका निभाएका थिए । करिब १०४ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा करिब २१६ करोड रुपैयाँ कमाएको थियो ।

इन्टरनेशनल क्रिकेटबाट सन्यास
धोनीले अहिले इन्टरनेशनल क्रिकेटबाट सन्यास लिइसकेका छन् र आइपीएलमा चेन्नई सुपर किंग्सको लागि खेलिरहेका छन् ।

धोनीले २००४ मा इन्टरनेशनल क्रिकेटमा डेब्यु गरेका थिए । २००७ मा कप्तान बनेर भारतलाई टी–२० वर्ल्ड कप जिताएका थिए । २०११ मा उनले भारतलाई वनडे वर्ल्ड कप पनि जिताएका थिए । उनले २०२० मा इन्टरनेशनल क्रिकेटलाई विदाई दिएका थिए ।

आईपीएलमा सबैभन्दा धेरै खेल खेलेका खेलाडी
आईपीएलमा सबैभन्दा धेरै खेल खेलेका खेलाडीमध्ये महेन्द्रसिंह धोनी पहिलो स्थानमा छन् । उनी अहिलेसम्म २७८ खेल खेलिसकेका छन् । धोनीले चेन्नई सुपर किंग्सलाई पाँच पटक उपाधि जिताएका छन् । उनले ३८.३० को औसतमा ५४३९ रन बनाएका छन् । यस दौरान धोनीले २४ अर्धशतक पनि बनाएका छन् । विकेटकीपिंगमा उनले ४७ स्टम्पिङ र १५४ क्याच पनि समातेका छन् ।

आईपीएलमा १०० खेल जित्ने एकमात्र कप्तान
धोनी आईपीएलमा १०० खेल जित्ने एकमात्र कप्तान हुन् । उनले आईपीएलमा सबैभन्दा धेरै २३५ खेलमा कप्तानी गरेका छन् ।