१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिका र विजयले गोप्य रूपमा इन्गेजमेन्ट गरे !



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दाना यस बेला दुबईमा जारी साउथ इन्डियन इन्टरनेशनल मुभी अवार्ड्स २०२५ मा सहभागी हुन पुगेकी छन् ।

तर, दुबई विमानस्थलमा देखिएको उनको औंठीले सबैको ध्यान खिचेको छ । रश्मिकाको औठामा चम्किएको हिराको औंठी देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनी र अभिनेता विजय देवरकोंडाले गुपचुप ईन्गेजमेन्ट गरेको अनुमान गरेका छन् ।

भिडियोमा रश्मिका साधारण लुगा लगाएर विमानस्थलबाट बाहिरिँदै गरेको देखिन्छ । गाडीमा बस्नु अघि उनले पपाराजीलाई हात हल्लाएर अभिवादन गर्छिन्, त्यही बेला उनको औंठी देखिएको हो ।

उक्त भिडियो सेयर गर्दै प्रयोगकर्ताहरूले इन्गेजमेन्टको दाबी गरेका छन् । एक जनाले लेखे– “अब त उनी रश्मिका देवरकोंडा भइन् ।” अर्का प्रशंसकले मजाक गर्दै विजयलाई “विजय मन्दाना” भनेका छन् । अर्को प्रयोगकर्ताले उनलाई “भविष्यकी मिसेज लाइगर”सम्म भनेका छन् । तर, केहीले भने यो औंठी सगाइको औंठी जस्तो नदेखिने बताएका छन् ।

त्यसैबीच, जब रश्मिका पुनः अवार्ड्सको रेड कार्पेटमा देखिइन्, उनले साडी लगाएकी थिइन् र उक्त औंठी सानो औंलामा सारिएको देखिएको थियो ।

रश्मिका र विजयबीच लामो समयदेखि नजिकको सम्बन्धबारे चर्चा हुने गरेको छ । उनीहरूको अनस्क्रिन र अफस्क्रिन केमेस्ट्री दुवै दर्शकलाई मनपर्ने गरेको छ ।

केही समयअघि मात्र दुबैलाई अमेरिकाको न्यूयोर्क सिटीमा भएको ४३औं इन्डिया डे परेडमा सँगै देखिएको थियो ।

सार्वजनिक भएको भिडियोमा उनीहरू एकअर्काको हात समाएर म्यानहटनको सडकमा हिंडिरहेको देखिन्थ्यो । तर, क्यामेरा देख्नेबित्तिकै उनीहरूले हात छोडेका र फ्यानतर्फ हात हल्लाएर मुस्कुराएको दृश्य पनि भिडियोमा कैद भएको थियो ।