१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक बुधबार (आज) बस्दैछ। बैठकमा पार्टीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

बैठक दिउसो २ बजे बस्ने जनाइएको छ । सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे छलफल गर्न भन्दै कांग्रेसले केन्द्रिय समितिको बैठक आह्वान गरेको थियो।

चौतर्फी विरोध भएपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएर खारेज गरेपछि यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता नभएकाले बैठकको पुर्व निर्धारित एजेन्डाहरु फेरिएको एक सदस्यले बताए । बैठकमा कोरोना भाइरसको रोकथाम,नियन्त्रण र उपचारका लागि सरकारले गरेका कामको समिक्षा हुने कांग्रेसले जनाएको छ।