१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले अस्पतालहरूलाई पिपिई वितरण गर्याे



अ+ अ-

काठमाडाैं

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पिपिई उपलब्ध गराइएको जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराईरहेको उनले बताए ।

पिपिई बुझेपछि शिर मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पिपिई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पिपिईबिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पिपिई उपलब्ध गराएकोमा उनले बैंकलाई धन्यवाद समेत दिए ।

कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।