३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले अस्पतालहरूलाई पिपिई वितरण गर्याे



अ+ अ-

काठमाडाैं

कोरोना भाइरस महामारीको उपचारमा संलग्न चिकित्सकहरुका लागि सनराईज बैंले विभिन्न अस्पतालहरुमा पिपिई उपलब्ध गराएको छ । पहिलो पंक्तिमा रहेर कोरोना नियन्त्रणका लागि उपचारमा संलग्न हुनुपर्ने चिकित्सकको सुरक्षाका लागि बुधबार बनेपा र ठिमी अस्पताललाई बैंकले पिपिई उपलब्ध गराएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले दुबै अस्पताललाई १२—१२ थान पिपिई उपलब्ध गराइएको जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आफ्नो प्रमुख जिम्मेवारी ठानेर पिपिई उपलब्ध गराईरहेको उनले बताए ।

पिपिई बुझेपछि शिर मेमोरियल अस्पताल काभ्रेका डा. शिवजी विक्रम सिलवालले अहिलेको समयमा पहिलो पंक्तिमा बसेर उपचारमा खटिने चिकित्सकहरुका लागि पिपिई महत्वपूर्ण भएको बताए । अस्पतालको कार्डियोलोजि विभागका निर्देशक समेत रहेका डा. सिलवालले चिकित्सक सुरक्षित नभएसम्म कोरोनाको उपचार पनि सुरक्षित नहुने भएकाले पिपिईबिना उपचार सम्भव नभएको बताए । महामारीको समयमा बैंकले पिपिई उपलब्ध गराएकोमा उनले बैंकलाई धन्यवाद समेत दिए ।

कोरोनासँग डराएर नभइ डटेर लड्नुपर्ने अहिलेको समयमा सम्पूर्ण सुरक्षाका विधि अपनाएर सरकारी नीति पालना गर्न बैंकले सबैलाई आग्रह गरेको छ । अहिलेको समयमा बैंकिङ कारोबारलाई डिजिटल माध्यमलाई बढी प्राथमिकता दिन बैंकले आग्रह गरेको छ ।




भर्खरै