३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरोनाले खुम्चियो बजेटको आकार

कोरोनाले खुम्चियो बजेटको आकार
अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पुरानै आकारमा ल्याउने भएको छ । कोरोना कहरका कारण तोकेजति आर्थिक कारोबार नहुने देखेपछि चालु आर्थिक वर्ष २०७६/७७ को हाराहारीमा नै बजेट ल्याउने भएको हो । बजेटका लागि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालय केही समय पहिला देखि जुटिरहेको छ । स्रोतका अनुसार १४ खर्बदेखी १५ खर्बको आसपासमा बजेट ल्याउने तयारी भएको छ । बजेट कोरोनाको असरबाट उकास्ने खालका हुन सक्ने अपेक्षा गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलका अनुसार कोरोना भाइरसका कारण बजेटको आकार खुम्चिएर चालु आवको हाराहारीमै आउने बताए । आयोगले हरेक वर्ष माघमा नै मन्त्रालयलाई बजेटको सिलिङ पठाउने गर्दथ्यो ।

यसपटक पनि पठाइसकेको थियो । तर, कोरोनाले गर्दा त्यो सिलिङमा कटौति हुने अध्यक्ष कँडेलले जानकारी दिए । उनले केही दिनभित्रै नयाँ सिलिङ मन्त्रालयमा पठाइने बताए । ‘हामीले पहिला पठाएको सिलिङ अनुसार अब आगामी आवको बजेट आउँदैन । अब १०/१५ दिन कोरोनाको प्रभाव कस्तो हुन्छ हेरेर त्यही अनुसार बजेटको नयाँ सिलिङ पठाइने छ,’ कँडेलले भने । अझै लकडाउनको अवधी कति थपिन्छ भन्ने विषयले सिलिङमा प्रभाव पार्ने उपाध्यक्ष उनको भनाइ छ ।कोरोनाका कारण बजेटको प्राथमिकता क्षेत्रमा पनि परिवर्तन हुने भएका छन् । भौतिक पूर्वाधारलाई भन्दा अब सामाजिक, शिक्षा र स्वास्थ्यमा बढि प्राथमिकतामा पर्ने बताइएको छ ।

सरकारले भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिएको भएपनि कोरोनाको कारण अब सामाजिक पूर्वाधार, स्वास्थ्य, शिक्षालाई पनि बढी प्राथमिकताका साथ अघि बढाउने पर्ने उनको भनाई छ । ‘अब शिक्षा प्रणालीलाई कसरी लैजान सकिन्छ, विदेशबाट फर्केर आउने युवालाई कसरी काम व्यवस्थापन गर्न सकिन्छ, श्रम बजारमा आउनेलाई कसरी रोजगारी दिन सकिन्छ, नयाँ रोजगारीको अवसर सृजना गर्नुपर्ने चूनौती थपिएको छ,’ कँडेलले भने । सरकारले चालु आवमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ रहेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ रहेको छ । आयोगले आगामी आव २०७७÷७८ को लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेट सिलिङ तोकेको थियो ।

आर्थिक वृद्धिदर खुम्चियो:चालू आर्थिक वर्षमा २ दशमलव २८ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेपनि कोरोनाको गम्भिर प्रभाव देखिएको हो । माघदेखि नै कोभिड–१९ को विश्‍वव्यापी असर देखिएपछि नेपालमा पनि आर्थिक वृद्धिदर ६ प्रतिशत कमी हुने देखिएको हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको आर्थिक सूचक तथा आगामी दिनको प्रक्षेपणका आधारमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार चालू वर्षमा २ दशमलव २८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने भएको हो ।

यसअघि विश्‍व बैंकले नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ प्रतिशतदेखि २ दशमलव ५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको थियो । तथ्यांक विभागले पहिलो त्रैमासको आर्थिक सूचांकाकलाई आधार मानेर ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । विभागले अघिल्लो आर्थिक वर्षमा पनि ६ दशमलव ९९ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने जनाएको थियो । सौर्य दैनिक