३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सम्पत्ति शुद्धीकरण विभागले अग्रवालविरुद्ध छानबिन गर्ने

सम्पत्ति शुद्धीकरण विभागले अग्रवालविरुद्ध छानबिन गर्ने
अ+ अ-

सरकारी वकिलले कालोबजारी गरेको आरोप लागेका व्यापारी सुलभ अग्रवाललाई थुनामा नै राखेर मुद्दाको थपकारबाही गर्न जिल्ला अदालत काठमाडौंसँग माग गरेको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा अग्रवालले वर्तमान गम्भीर परिस्थितिमा पनि कालोबजारी गरेको उल्लेख गर्दै सरकारी वकिल सिर्जना ढकालले अग्रवाललाई थुनामा नै राखेर मुद्दाको कारबाही अगाडि बढाउनुपर्ने माग गर्नुभएको हो । कालोबजारी गरेको आरोप लागेका अग्रवालले कालोबजारी तथा केही सामाजिक सुधार ऐन–२०३२ विपरीतको कार्य गरेको आरोप लगाई सरकारले मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो । सरकारले दायर गरेको अभियोगपत्रमा उक्त ऐनको दफा २ को खण्ड ९क०, दफा ३, दफा ५ लगायत बमोजिम कारबाही हुन माग गरेको थियो । दफा २ को खण्ड ९क० मा कुनै वस्तुको तोकिदिएको मोलभन्दा बढी मँल्यमा सामान बिक्री गर्न नुहने उल्लेख गरिएको छ ।

दफा ३ मा कुनै पनि वस्तुको सयकडा २० भन्दा बढी नाफा हुने गरी बिक्री गर्न नहुने प्रावधान राखिएको छ । दफा ५ मा बजारमा कृत्रिम अभाव हुने गरी कुनै पनि वस्तुको सञ्चय गर्न र त्यस्तो वस्तु बढी नाफामा बिक्री गर्न नहुने स्पष्ट गरिएको छ । व्यापारी अग्रवालले कोरोना भाइरसको सन्त्रास भएका बेला ४ हजार १ सय १० रुपियाँ ९४ पैसा पर्ने थर्मल गनलाई १५ हजार रुपियाँका दरले बिक्री गरेको आरोप सरकारले लगाएको छ । सरकारले अग्रवालविरुद्ध १५ लाख ७८ हजार ९ सय १३ रुपियाँ ७ पैसा बिगो कायम गरेको छ । कसँर गर्दा प्रयोग गरेको २०९–एचसीसी–१ नम्बरको पजेरो गाडी र बरामद भएको थर्मल गन जफत गर्न अभियोगपत्रमा माग गरिएको छ । प्रहरी नायब महानिरीक्षक सहकुल थापाको नेतृत्वमा स्टिङ अप्रेसन गरेर अग्रवाललाई रङ्गेहात समातिएको थियो ।

त्यस बेला सुलभ अग्रवालले बिल पनि दिन मानेका थिएनन् । चेकमा पनि कारोबार गर्न मानेका थिएनन् । उनले जति नगद छ त्यतिको मात्र थर्मल गन बिक्री गर्न खोजेका थिए । १२ सय वटा थर्मल गन करिब रु। २४ सयमा चीनबाट ल्याएकोमा प्रायः ८ हजार ५ सयले भ्याट बिल नै काटेर विभिन्न रिटेलरलाई बेचेको सुलभ अग्रवालको दाबी छ । धेरै त उनले आफन्त र साथीलाई सित्तैमा दिइसकेको पनि जानकारी गराए । सुलभलाई २० हजार थर्मल गन चीनबाट ल्याएर १२ सयवटाको मात्र भन्सार तिरेको पनि आरोप छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पनि घेराबन्दीमा

व्यापारी अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान थालेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका अनुसार अग्रवालविरुद्ध विभागले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । गैरकानुुनीरूपमा सम्पत्ति आर्जन गरेको आशंका भएमा विभागले सम्बन्धित व्यक्तिविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाउने गर्दछ । विभागले बुधबार पत्र पठाई अग्रवाल छुटीजाने भएमा आफँसमक्ष पठाइदिन माग गरेको बताइएको छ । विभागले अग्रवालविरुद्ध प्रारम्भिकरूपमा अनुसन्धान थालेको बुझिएको छ । अग्रवालविरुद्धको बहस नसकिएकाले उनलाई प्रहरी हिरासतमा नै पठाइएको छ । आज बिहीबार पुनः अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

‘अग्रवालमाथि गम्भीरताका साथ अनुसन्धान गर्छौं’

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक रूपनारायण भट्टराईले कारोनाको संकटमा कालोबजारी गर्ने जगदम्बा गु्रपका सञ्चालक सुलभ अग्रवालको विषयमा छानबिन गर्न पत्र प्राप्त भएको बताए । उनले सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको बताउँदै भने– ‘अब विभागले गम्भीरताका साथ अनुसन्धान प्रक्रिया अगाडि बढाउँछ ।’ घटनाको अवस्थालाई मध्यनजर गर्दै प्राथमिकताका साथ अग्रवालको सम्पत्ति छानबिन हुने बताउँदै महानिर्देशक भट्टराईले अनुसन्धान पँरा गरेर आवश्यकताका आधारमा अदालतको प्रक्रिया अगाडि बढाउने बताए । उनले घटनाको सबै मिसिल अध्ययन गरेर अग्रवालका बोरमा अनुसन्धान अगाडि बढ्ने बताउँदै गलत काम गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही हुने बताए ।

अग्रवालका आर्थिक अपराध क्रमशः खुल्दै

ज्वरो नाप्ने उपकरण ‘थर्मल गन’ कालोबजारी गर्दा रङ्गेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवाल प्रकरण पेचिलो बन्दै गएको छ । कालोबजारी, अत्यावश्यक वस्तुको अभाव सिर्जना लगायतका विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले पनि अग्रवालमाथि अनुसन्धान गर्ने भएपछि अग्रवाल प्रकरण पेचिलो बन्दै गएको हो । प्रहरी र प्रशासनलाई साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्दै न्यून धरौटीमा छुट्ने सेटिङ मिलाउने प्रयास गरेका अग्रवाल यतिबेला आंशिक असफल भएका छन् । शुरूमै अदालत जानुपर्ने कसुरमा पक्राउ परेका अग्रवाल केही समय मुद्दा कमजोर बनाउने कसरतमा लागेका थिए । तर, जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएसँगै त्यो असफल भएको देखिएको छ ।

अग्रवाल कारबाहीबाट जोगिनका निम्ति जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने स्रोतले बतायो । स्रोतले भन्यो ‘कारबाहीबाट जोगिनका निम्ति शुरूदेखि नै कानुनको लुप्त प्वाल प्रयोग गर्ने प्रयास गरेका अग्रवालले प्रहरीलाई प्रलोभन र दबाब दिए ।’ आर्थिक चलखेलका साथै राजनीतिक दबाब र ‘इमोस्नल ब्ल्याकमेलिङ’ समेत गर्न पुगेको अनुसन्धानमा संलग्न अधिकारीलाई उदृत गर्दै स्रोतले बतायो । अग्रवाल उद्योगपतिका रूपमा परिचित भए पनि पछिल्लो डेढ दशकमा उनको आर्थिक छलाङलाई लिएर समकक्षीहरू जिब्रो टोक्ने गर्दछन् । ‘थर्मल गन झिल्को रूपमा उनको जीवनमा प्रवेश गरेको छ । अप्रत्यासित सम्पत्ति आर्जन, कालोबजारी, नक्कली भ्याट बिल, विद्युत्को डेडिकेटर फिडर, जगदम्बा स्टिलमा गुणस्तरहिन कच्चा पदार्थ प्रयोगलगायतका आर्थिक अपराध एकएक गर्दै पर्दाफास हुने क्रममा छ ।’

स्रोतले भन्यो–‘उनी अहिले सरकारी वकिल, अनुसन्धान अधिकृत, प्रहरी अधिकारीहरुसँग म अर्बपति मान्छे १० हजार रुपियाँमा लोभिए, पहिलो पटकमा नै फसेँ, म मध्यपान धुम्रपानसमेत नगर्ने साकाहारी व्यक्ति दशा लागेर फसेँ, एक पटकलाई कारबाहीबाट जोगाउनुपर्यो भन्दै इमोस्नल ब्ल्याकमेलिङ गर्ने, नभए, आर्थिक प्रलोभन देखाउने, राजनीतिक दबाबसमेत दिँदै आएका छन् ।’ उद्योगी व्यवसायीका नेतासमेत उनलाई जोगाउन अग्रवाल खराब मान्छे नभएको भन्दै सरकारलाई गुमराहमा पार्ने प्रयाससमेत गर्दै आएको बताइएको छ । स्रोतले भन्यो–‘नक्कली भ्याट बिल काण्डमा मुछिएका कारण सरकारले प्रदान गर्ने सीआईपी सम्मान रोक्ने स्थिति सिर्जना भएको थियो । साथै विद्युत्को डेडिकेटर फिडर काण्डलाई समेत ढाकछोप गरेर परिबन्दमा प¥यो ‘विचरा’, भन्ने अवस्था सिर्जना गराउन लागिपरेका छन् । ’

‘अग्रवालको उद्योग जगदम्बा स्टिलले कमसल कच्चा पदार्थ प्रयोग गरेर गुणस्तरहीन छड उत्पादन गर्ने गरेको घटना विगतमा विभिन्न सञ्चारमाध्यममा भिडियो र सप्रमाण प्रकाशित प्रशारित समाचारलाई पनि यतिबेला लुकाएर अग्रवालको ‘अवोध अनुहार’मात्रै प्रस्तुत हुँदै आएको छ ।’ नेपाल समाचारपत्र दैनिक