२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक आज विहान पक्राउ परेका छन् सामाजिक सञ्जाल फेसबुकमा केही दिनदेखि लगातार प्रचण्डलाई अशिष्ट र अमर्यादित गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो ।

उनीमाथि साइबर क्राइमको अभियोग छ । पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए ।

काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो । मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो ।