बलिउडका भेट्रान अभिनेता ऋषि कपुरको आज निधन भएको छ। ६७ वर्षीय कपुरको स्वास्थ्यमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना गरिएको थियो। उनको एचएन रिलायन्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी २०१८ देखी क्यान्सर पिडित थिए ।

उनको निधन बारे टाइम्स नाउले ट्वीट गरेको छ। बलिउडका अर्का भेटरान अभिनेता अमिताभ बच्चनले पनि लेखेका छन्, ‘ऋषि कपुरको पनि निधन भयो। म टुक्रिएँ।’ हिजो मात्रै बलिउडका महान कलाकार इर्फान खानको पनि ५३ वर्षको उमेरमा निधन भएको थियो ।

बलिउडका यस्ता महान कलाकारहरुको निधनले बलिउड ईण्डष्ट्रिमा निकै ठुलो प्रभाव पारेको छ । महान कलाकारहरुको मृत्युले बलिउडका सारा चलचित्र प्रेमीहरुमा दुःखको घडि सृजना भएको छ।








