२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन भएको ३८ औ दिन जारी, प्रहरी जाँचमा कडाई



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लक डाउनको ३८ दिन पुगेको छ ।

चैत ११ गतेबाट जारी गरिएको लक डाउनमा अत्यावश्यक सवारी र पास बाहेकका सवारी मात्रै सञ्चालनमा रहेका छन् । लक डाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा ठूलो सहयोग पुगेको भन्दै सरकारले वैशाख २५ गतेभित्र लक डाउन थप गरेको छ । यद्यपी अहिले धेरैले लक डाउनको उलंघन गर्दै सवारी सञ्चालन गरेको पाइएको छ ।

पछिल्लो समय सरकारले लक डाउनको कडाई गर्न निर्देशन दिएपछि अहिले विभिन्न चोकमा सवारीको चाप बढेको छ । प्रहरी चेकजाँचमा कडाई गरेपछि चोकहरुमा सवारी साधनहरुको ठूलो लाइन देखिन्छ । बिहीबार बिहान मात्रै प्रहरीले लक डाउन उलंघन गर्ने १५ सय भन्दा बढीलाई कारवाही गरेको जनाएको छ । यसैगरी १ सय १० सवारी साधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।