१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोपप्रति गगन थापाको आपत्ति



अ+ अ-

काठमाडौँ । संकटको बेला अस्थिरताको प्रयास भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाली काँग्रेसका युवानेता गगन थापाले कडा आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश मार्फत् प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गर्दा गर्दै पनि केही सञ्चार माध्यम र केही तत्वहरुले अस्थिरताको प्रयास गरिरहेको आरोप लगाएपछि थापाले उक्त भनाइ सार्वजनिक गरेका हुन् । 

प्रधानमन्त्रीकाे आरोपमाथि टिप्पणी गर्दै नेता थापाले प्रधानमन्त्री आफैंले अस्थिरता निम्त्याउने काम गरिरहेको दावी गरेका छन् । नेता थापाले प्रधानमन्त्री ओलीका अधिकांश कदम अस्थिरता  निम्त्याउनेमा केन्द्रीत भएको बताएका छन् । सरकारलाई खबरदारी गर्नेहरुलाई अस्थिरतावादी देख्नु आपत्तिजनक भएको नेता थापाको भनाई छ ।

थापाले ट्वीटर र फेसबुकमा लेखेका छन्, “वाह प्रधानमन्त्रीज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ति खवरदारी गर्नेहरूलाई ?”

उनले अगाडी लेखेका छन्, “कोही तर्सनेवाला छैन यो धम्कीबाट ।”