१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बहाना खोजिरहेको सरकार सामाजिक सञ्जाल नै बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्यो’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले सरकारले नियमन गर्नुपर्ने विषयलाई सम्बोधन गर्न नसकेर जनतामाथि जबरजस्ती थोपार्ने कदम चाल्दै सामाजिक सञ्जाल बन्द गरेको आरोप लगाएका छन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा सूचीकृत भएकाबाहेक सम्पूर्ण समाजिक सञ्जाल प्लेटफर्महरु बन्द गर्ने सरकारको निर्णयप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता श्रेष्ठले यसलाई अधिनायकवादतर्फको संकेतका रूपमा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता श्रेष्ठले भनेका छन्, “नियमन गर्नुपर्ने विषयहरू नियमन गरिनैपर्छ, तर सार्थक संवादबाट समाधान खोज्न नसक्नु चाहिँ सरकारको असफलता हो ।

आफ्नो असफलताबाट सिर्जित परिस्थितिलाई जबरजस्ती जनतामाथि थोपर्नु नालायकी हो । बहाना खोजिरहेको सरकार सामाजिक सञ्जाल नै बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्ने खतरा देखिएको छ । सचेत र सजग बनौं ।”

साथै, श्रेष्ठले सत्तारूढ गठबन्धनकै साझेदार दल नेपाली कांग्रेसप्रति पनि प्रश्न उठाएका छन् । कांग्रेसको लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारका दस्तावेजमा ‘धमिरा लागेको’ टिप्पणी गर्दै दलको मौनताप्रति असन्तोष प्रकट गरेका छन् ।