१० श्रावण २०८३, आईतवार
,
Latest
लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघको आपत्ति



अ+ अ-

काठमाडौं । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रत्यक्ष प्रहार भएको जनाएको छ ।

‘कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर पर्ने भएकाले यो कदम स्वीकार्य छैन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै, महासंघले सामाजिक सञ्जालको नियमन आवश्यक भए पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने गरी कुनै पनि माध्यम नियन्त्रणको प्रयास कहिल्यै स्वीकार्य नहुने स्पष्ट पनि पारेको छ ।

नागरिकको सूचना पाउने अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सरकारले तुरुन्तै सामाजिक सञ्जाल नियन्त्रण गर्ने निर्णय फिर्ता लिनुपर्ने महासंघको माग छ ।