१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा लकडाउन थपियाे, दुई हप्ता लकडाउन गर्ने गृहकाे सूचना



अ+ अ-

काठमाडाैंः कोरोनाभाइरस महामारी अझै नियन्त्रणमा नआएको निष्कर्षसहित भारतले देशभर लगाएको लकडाउनलाई आगामी मे १७ सम्म थप गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले एक सूचना प्रकाशन गरी लकडाउन थप गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लकडाउनको अवधिमा सर्वाधिक प्रभाव परेका १३० जिल्लामा अझ कडाई गरिने छ । तर तुलनात्मक रुपमा कम संक्रमण देखिएका जिल्लाहरुलाई वर्गीकरणका आधारमा छुट दिइने गृहको भनाई छ । कोरोनाको उच्च जोखिम रहेका दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता ठाउँलाई अति जोखिम क्षेत्रमा राखिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यका १९ जिल्लालाई पनि अति जोखिममा राखिएको छ ।

वल्र्डवोमिटरका अनुसार भारतमा ३५ हजार भन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ भने तीमध्ये १ हजार १५४ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार ६८ जना निको भएर घर फर्किसकेका छन् ।