१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् पत्रकारितासम्बन्धी तीन दिने अनलाइन तालिम



अ+ अ-

काठमाडाैंः

कान्तिपुर सिटी कलेज तथा संयुक्त अधिराज्यस्थित बर्नमथ विश्वविद्यालयको संयुक्त आयोजनामा विपद् पत्रकारितासम्बन्धी ३–दिने वेबिनार शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ सञ्चारविद् प्राध्यापक रामकृष्ण रेग्मीले विपद् के हो, किन विपद् सञ्चार आवश्यक छ, विपद्का बेला आमसञ्चारको भूमिका के हुन्छ तथा कसरी मिडिया पूर्वतयार हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिएका छन् ।

‘हालको कोभिड–१९ महामारी जनस्वास्थ्य सङ्कट हो,’ उनी भन्छन्, ‘र यो अन्य कुनै पनि विपद्भन्दा फरक छ।’ बर्नमथ विश्वविद्यालयका तर्फबाट प्राध्यापक चिन्दु श्रीधरणले विपद् पत्रकारिताको सैद्धान्तिक पक्षका बारेमा छलफल गरेका छन् । उनले बर्नमथ विश्वविद्यालयकै अर्का प्राध्यापक आयनर थोर्सनसँग मिलेर २०७२ को भूकम्पपछिको नेपाली सञ्चार जगत्का बारेमा अध्ययन गरेका थिए ।

उनीहरूका विपद् पत्रकारितासम्बन्धी विभिन्न पुस्तक प्रकाशित छन् । कार्यक्रममा रेडियोकर्मी जनार्दन विष्टले विपद् पत्रकारिताका विविध पक्ष, पत्रकार एकराज पाठकले किन यो कोभिड–१९ को विपद् पत्रकारिता फरक छ, मिडिया अनुसन्धानकर्ता श्रीमान् शर्मा (विज्ञान)ले सुरक्षित पत्रकारिता तथा राजीव तिमल्सिना र आभास धरानन्द राजोपाध्यायले ‘लकडाउन’ र ‘सामाजिक दूरी’को विपद् पत्रकारितामा प्रभावबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तरमा अध्ययनरत तथा स्नातकोत्तर गरिसकेका पत्रकार, अनुसन्धाता, मिडिया विश्लेषकलगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई कलेजका अध्यक्ष सुमन कटवाल, प्रबन्ध निर्देशक प्रल्हाद कार्की तथा प्रधानाध्यापक राजु कट्टेलले पनि सम्बोधन गरेका थिए ।