३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल खेल्न अष्ट्रेलियाका क्रिस लिन आउँदै !



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाका ब्याट्सम्यान तथा इन्डियन प्रिमियर लिग (आईपिएल) का अनुभवी खेलाडी क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् ।

उनले सुदूरपश्चिम रोयल्सबाट खेल्नेछन् । यद्यपि, आधिकारिक घोषणा भने भइसकेको छैन ।

सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमा अष्ट्रेलियाका खेलाडी भित्राएको उल्लेख गर्दै खेलाडीको नाम भने तोकेको छैन ।

खेलाडीको बारेमा दिएको हिन्टको आधार मान्दा उक्त खेलाडी अष्ट्रेलियाका क्रिस लिन भनेर बुझन सकिन्छ ।

उक्त पोस्टमा २२० छक्का र ३९५५ रन पनि उल्लेख गरिएको छ । जसको आधारमा पनि क्रिस हुन् भनेर आँकलन गर्न सकिन्छ । उनले अष्ट्रेलियन लिग बिग ब्यास (बिबिएल) लिगमा गरेको प्रदर्शन उक्त कुरासँग मेल खान्छ ।

उनले लिगका १२७ खेलमा ३९५५ रन बनाएका छन् । जसमा २२० छक्का प्रहार गरेका छन् । सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेका लिनले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् ।

उनले बिबिएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलिसकेका छन् ।