११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि सबै जना सहमत : महासचिव पोखरेल

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि सबै जना सहमत : महासचिव पोखरेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि कसैको पनि असहमति नरहेको स्पष्ट पार्नुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने उल्लेख गर्दै पार्टीभित्र कसैको पनि असहमति नरहेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले पार्टीका दुई उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयमा असहमति जनाए पनि उहाँहरूको वैचारिक असहमति नरहेको स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन हुनुहुँदै भन्ने पार्टीको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयमाथि उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत राख्नुभएको जानकारी दिनुभयो ।

“उहाँहरूले पार्टीको नवाँै केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कन हुँदैन र उहाँको सदस्यता नवीकरण गर्ने अस्वीकार गर्नुपर्दछ भन्ने निर्णय माथि असहमति राख्नुभएको छ”, महासचिव पोखरेलले भन्नुभयो, “कसलाई सदस्यता दिने र नदिने भन्ने विषय दस्तावेजको विषय होइन । त्यसकारण उहाँहरूको दस्तावेजमा फरक मत होइन । निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मतको बिषय विधान महाधिवेशनले छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनले गर्ने भन्ने कुरा सचिवालय बैठकले निरूपण गर्ला ।”

महासचिव पोखरेलले दस्तावेजमाथि फरकमत राखेको अवस्थामा सम्बन्धित महाधिवेशनमा छलफल गर्ने पार्टीको वैधानिक व्यवस्था रहेको बताउनुभयो । “फरकमत आयो भने वैधानिक व्यवस्थाअनुसार छलफल हुन्छ । अहिले निर्णयमाथिको असहमति रहेकाले विचारमाथिको असहमति होइन”, उहाँले भन्नुभयो, “विधान महाधिवेशनमा दस्तावेजमाथि छलफल हुन्छ ।”

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।  एमालकोे विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । रासस