काठमाडौं । सयुक्त राष्ट्रसंघ अन्तरगत युएन ओमनले कोरोना भाइरस बिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने बिश्वका पाँच महिलाहरुमा नेपालकी डा. रुना झा पनि पर्नुभएको छ । केन्द्रीय प्रयोगशाला टेकुकी निर्देशक झालाई कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूचीअन्तर्गतमा राखेको हो ।
संकटका बेला डा. झाले देखाएको कार्यकुशलता र सक्रियताको आधारमा डा. झालाई शीर्ष पाँच महिलाको सूचीमा राखिएको युएन ओमनले जनाएको छ ।
डा. झा संगै कोरोना भाइरस बिरुध्द लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने काजिकस्तान,चीन,जोर्डन,क्यारावियनदेशका अन्य महिला समाबेश गरेको छ ।