२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा !



अ+ अ-

काठमाडौँ । नेकपाको सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । 

सचिवालय बैठक साढे पाँच बजेका लागि तय भएको भनिएको थियो । त्यसअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेकोले बैठक केही समय ढिला भएको बुझिएको छ ।

आजको सचिवालय बैठकलाई नेकपाभित्रको विवादका विषयमा निर्णायक भनिएको छ । त्यसैले प्रधानमन्त्रीले यो दुई तीन दिनयता व्यापक मात्रामा परामर्श गर्नुभएको छ । 

आज बैठक सुरु हुनुअघिको उहाँले राष्ट्रपति भण्डारीसँग गर्नुभएको भेटलाई पनि अर्थपूर्ण मानिएको छ ।