काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वेदशका लागि प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई स्वेदशका लागि प्रस्थान गर्नुभएको हो ।
स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट ओली बिदाई हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनिपिङसँग तियानजिनमा भेटवार्ता गर्नुभयो । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।










