२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार भण्डारी घुससहित पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।