२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो देखियो चीनको विशाल सैन्य परेड–फोटोफिचर



अ+ अ-

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए ।

चीनले सन् १९४५ मा जापानलाई हराउँदै प्राप्त विजयलाई सम्झना गर्न सेप्टेम्बर ३ लाई विशेष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको छ ।

चीनले दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव अवसरमा विशाल सैन्य परेड आयोजना गरेको हो । यस अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उन बेइजिङमा चीनको सैन्य शक्ति प्रदर्शन अवलोकन गर्न उपस्थित हुनुहुन्थ्यो ।

परेडका क्रममा चीनले आफ्नो एचक्यु–९सी मिसाइल प्रणाली प्रदर्शन गर्‍यो । पाकिस्तानले आफ्ना सुरक्षा आवश्यकताका लागि यसै मिसाइल प्रणालीको संस्करण प्राप्त गरेको थियो । पाकिस्तानी मिडियाका अनुसार यस प्रणालीले ‘अपरेसन सिन्दूर’ मा प्रयोग भएको देखिए पनि भारतीय मिसाइल आक्रमण रोक्न भने असफल भएको थियो ।

यस अवसरमा चिनियाँ राष्ट्रपति सीले देशलाई ‘अजेय’ भन्दै शान्तिपूर्ण विकासप्रतिको आफ्नो दृढता दोहोर्‍याउनुभयो ।

“चीन शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनेछ । चिनियाँ राष्ट्रको कायाकल्प रोक्न सकिँदैन र मानवताको शान्ति तथा विकासको लक्ष्य प्रबल हुनेछ”, उहाँले भन्नुभयो ।

तस्बिरः सिन्ह्वा