२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाले लियो २ लाख ४४ हजार ७ सय ८० को ज्यान



अ+ अ-

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ७ सय ८० पुगेको छ। अमेरिकामा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६७ हजार ४ सय ४४ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या ११ लाख ६० हजार ७ सय ७४ पुगेको छ। अमेरिकामा १ लाख ७३ हजार ७ सय २५ मानिस निको भएर घर फर्किएका छन्। विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख ८४ हजार ४ सय ८३ पुगेको छ। स्पेनमा २ लाख ४५ हजार ५ सय ६७ संक्रमित रहेका छन्। त्यहाँ २५ हजार एक सयको ज्यान गएको छ। इटालीमा २ लाख ९ हजार ३ सय २८ जनामा संक्रमण भेटिएको छ भने २८ हजार ७ सय १०को ज्यान गएको छ।

यस्तै बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बेलायतमा २८ हजार १ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा २४ हजार ७ सय ६० जनाको मृत्यु भएको छ भने लाख ६८ हजार ३ सय ९६ जनामा संक्रमण देखिएको छ। जर्मनीमा तीव्र रुपमा फैलिको भाइरका कारण संक्रमितको संख्या १ लाख ६४ हजार ९ सय ६७ पुगेको छ । त्यहाँ ६ हजार ८ सय १२ जनाको ज्यान गएको छ। टर्कीमा ३ हजार ३ सय ३६ को मृत्यु भएको छ भने त्यहाँ १ लाख २४ हजार ३ सय ७५ जना संक्रमति छन्।

त्यस्तै रुसमा १ लाख २४ हजार ५४ जनामा संक्रमण देखिएको छ। भारतमा ३९ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्। त्यहाँ १ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनाका कारण विश्वभरमा ११ लाख ८ हजार ६५ जना निको भइसकेका छन्। नेपालमा भने संक्रमितको संख्या ५९ पुगेको छ। तीमध्ये १६ जना भने उपचारपछि निको भइसकेका छन्।