२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ।

सरकारले सामाजिक दूरी कायम गरि वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए। 

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ।

बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।