काठमाडौँ । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभामा पेश भएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पेश गर्नुभएको हो ।
बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० पेश गरिएको छ ।










