काठमाडौँ । रुपन्देही–३ मा हुने उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवार बनाउने भएको छ ।
जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले कालुलाई एकल सिफारिस गरेको हो ।
जिल्लाले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसबाट प्रदेशबाट कालुको एकल सिफारिस परेपछि उनी उम्मेदवार बन्ने पक्का भएको हो । कालु राप्रपा नेपालको रुपन्देही जिल्ला अध्यक्ष समेत हुन् ।
महामन्त्री महामन्त्री राजाराम बर्तौलाले क्षेत्रीय समन्वय समितिको सिफारिस केन्द्रमा आएको जानकारी दिँदै केही दिनभित्रै उम्मेदवारीबारे केन्द्रले निर्णय गर्ने बताए ।










