१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको ४१ औं दिन जारी, चेकजाँचमा कडाइ



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनको आज ४१ दिन पुगेको छ । 

गत चैत ११ गतेबाट सुरु भएको लक डाउन ४१ दिनसम्म आइपुग्दा लक डाउनको पूर्ण पालना भएको पाइएको छ । यद्यपी केही स्थानमा भने यसको उलंघन पनि भएको छ । विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लक डाउनको पूर्ण पालना भएको पाइएको छैन् । तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरी पालना नभएको पाइएको छ । 

अत्यावश्यक र पासबाहक सवारीहरुको भिड पनि पछिल्लो दिनमा बढेको छ । चेकजाँचमा कडाई भएकाले पनि सवारीहरुको लामो लाइन देख्न सकिन्छ । प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ । लक डाउनल २५ बैशाखसम्म घोषणा गरिएको छ ।